Sajhamanch Archive

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै छ ।

नेपालमा १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।

हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ । सदस्य राष्ट्रहरु लगायत संसारभर नै यसदिन विभिन्न कार्यक्रम गरेर स्वयंसेवक दिवस मनाउने चलन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *