Sajhamanch Archive

थप १०१४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० परीक्षणमा १०१४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६२८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *