Sajhamanch Archive

राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाऊँ भनौं : अध्यक्ष थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा भएको कार्यक्रममा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।

उनले उक्त आन्दोलनलाई उत्सुकतापूर्वक हेरिएको पनि बताएका छन् ।

“राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाउँ भनौं,” उनले भने, “जनता आउ राजा ल्याऊ भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए ।

उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे । अर्का अध्यक्ष पशुपतिशमशेर राणाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पुर्‍याउने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *