Sajhamanch Archive

विश्वमा छ करोड ८५ लाख बढीलाई कोरोना सङ्क्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

विश्वमा हालसम्म छ करोड ८५ लाख बढीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र पाँच लाख ७६ हजार पाँच सय ७९ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या छ करोड ८५ लाख ४२ हजार एक सय ३३ पुगेको हो । कोरोनाका कारण विश्वमा १५ लाख ६२ हजार २५ जनाको मृत्यु भइसकेको छ । एकै दिन ११ हजार छ सय ३७ संक्रमितले ज्यान गुमाए ।

वाल्डो मिटरका अनुसार संक्रमण पुष्टि भएकामध्ये चार करोड ७४ लाख ४५ हजार पाँच सय चार जना उपचारपछि निको भएका छन् । एक करोड ९५ लाख ३४ हजार छ सय चार जना उपचाररत रहेकोमा एक लाख छ हजार चार सय दुई जनाको अवस्था चिन्ताजनक छ । अमेरिकामा पछिल्लो २४ घण्टामा दुई लाख एक हजार पाँच सय चार जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या एक करोड ५५ लाख ८५ हजार ९२ पुगेको छ । एकै दिन दुई हजार आठ सय ७५ जनाको ज्यान गएसँगै अमेरिकामा मृत्यु हुने संक्रमितको संख्या दुई लाख ९३ हजार तीन सय ५८ पुगेको छ ।

संक्रमितमध्ये ९० लाख ८३ हजार सात सय ६९ जना उपचारपछि निको भएका छन् । ६२ लाख सात हजार नौ सय ६५ जना उपचाररत रहेकोमा २६ हजार आठ सय ७४ जनाको अवस्था गम्भीर छ । २४ घण्टाभित्र ३२ हजार ६७ नयाँ बिरामी थपिएपछि भारतमा संक्रमित संख्या ९७ लाख ३५ हजार नौ सय ७५ पुगेको छ । एकै दिन चार सय चार जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या एक लाख ४१ हजार तीन सय ९८ पुगेको छ ।

संक्रमितमध्ये ९२ लाख १४ हजार आठ सय छ जना उपचारपछि निको भएका छन् । तीन लाख ७९ हजार सात सय ७१ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । एकै दिन ४७ हजार आठ सय ५० जना नयाँ बिरामी थपिएपछि ब्राजिलमा कोरोना संक्रमितको संख्या ६६ लाख ७५ हजार नौ सय १५ पुगेको छ । २४ घण्टामा सात सय ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या एक लाख ७८ हजार एक सय ८४ पुगेको छ ।

संक्रमितमध्ये ५८ लाख ५४ हजार सात सय नौ जना उपचारपछि निको भएका छन् । छ लाख ४३ हजार २२ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *