Sajhamanch Archive

सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो

Published: in अर्थतन्त्र, समाज by .

झापा । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *