Sajhamanch Archive

थप १०५६ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १४८३ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *