Sajhamanch Archive

विवेकशील–साझा एक भए

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्नेछ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए । दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प पार्टी बनाउने दाबी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *