Sajhamanch Archive

लाइसेन्स र रुट इजाजत नवीकरण मंसिरसम्म गर्दा जरिवाना नलाग्‍ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपास लगायतको जरिवाना नलिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‍को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केन्द्रको अधिकार क्षेत्रमा पर्ने सवारीसाधन जाँचपास र रुट इजाजत नवीकरण गर्दा लिने जरिवाना मिनाहा गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्‍चारमन्त्री पार्वत गुरुङले कोभिडको असरलाई मध्यजनर गर्दै छुट दिने प्रस्ताव स्वीकृति गरिएको बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *