Sajhamanch Archive

७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या, जङलको कल्भर्टमा भेटियो शव

Published: (Updated: ) in विविधा by .

झापा । झापामा एक ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या गरिएको छ । झापाको अर्जुनधारा निवासी ती वृद्धा आइतबारदेखि बेपत्ता थिइन् । मानसिक सन्तुलन गुमाएकी वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो ।

चारआलीस्थिति जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उन शेव फेला परेको प्रहरीले जनाएको छ । ३५ वर्षीय विशाल बिर्जा नाम गरेका व्यक्तिले वृद्धाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीका अनुसार बिर्जा आफै आज बिहान ६ बजेतिर शव भेटिएको खबर गर्न चारआलीस्थित प्रहरी चौकी पुगेका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा बर्जाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । प्रहरी निरीक्षक राईका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ । वृद्धाको शव पोष्टमोर्टमका लागि मेची अस्पताल भद्रपुरमा लैजाने तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *