Sajhamanch Archive

विराटनगरका अस्पतालमा तीन संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । होम आइसोलेसनसहित विराटनगरका अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज सुनसरीको रामधुनी ७ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई मंसिर २३ गते मंगलबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।

कोसी कोभिड–१९ अस्पतालमा बुधबार राति झापाको दमक नगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको मृत्यु भएको छ अस्पतालले जनाएको छ । उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार अस्पताल भर्ना गरेको एकघण्टाभित्रै मधुमेह र उच्च रक्तचापको समस्यासमेत रहेका वृद्धको मृत्यु हुन पुग्यो ।

उता मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । उनमा दमको समस्या थियो । पीसीआर परीक्षण गराउँदा मंसिर २२ गते रिपोर्ट पोजिटिभ आएको थियो । परिवारले घरमै राख्न लिएर गएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *