Sajhamanch Archive

बिर्तामोडमा लैङ्गिक हिंसा विरुद्धको कानूनी साक्षरता

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नारी सन्चार गृह झापाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको कानूनी साक्षरता सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत विर्तामोड नगरपालिका वडा नं ५ को सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम विर्तामोडमा बिहीबार सम्पन्न भएको हो । बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 

नेपाल बार एशोसिएसन झापा कार्यसमिति सदस्य देवी निरौलाले सहजीकरण गरेको कार्यक्रमा वडा सदस्य डीआर कडरिया, कार्यपालिका सदस्य भावना घिमिरे, वडा सदस्य लक्ष्मी वास्कोटा, समाजसेवी शंखर ढुगेंललगायतको सहभागिता थियो ।

नारी सन्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेजिना रोदनले स्वागत मन्तव्य गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *