Sajhamanch Archive

झापामा थप ३० जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ३० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ११ महिला र १९ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ महिलासहित १० जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यस्तै शिवसताक्षी नगरपालिकामा १ महिलासहित ३ जना, कनकाई नगरपालिकामा १ महिलासहित ४ जना र हल्दीबारी गाउँपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *