राप्रपा नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख
Published:
by .विर्तामोड । निमोमियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि बिहीबार काठमाडौँ लगिएका राप्रपा नेता राजेन्द्र लिङ्देनको अवस्थामा सुधार आएके बताइएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि हिजो बिर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।
उनलाई हिजो साँझ एयर एम्बुलेन्सबाट थप उपचारका काठमाडौं लगिएको हो । काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत लिङ्देनको अवस्था अहिले सुधारोन्मख रहेको अस्पताल स्रोतले जानकारी दिएको हो । लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् झापा क्षेत्र नं. ३ का सांसद् हुन्।
Comments