कमल गाउँपालिकाद्वारा छात्रा आयुस्मा सम्मानित
Published: (Updated: )
by .कमल । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमका अवसरमा कमल गाउँपालिकाले आयुस्मा सोडारीलाई सम्मान गरेको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत गत हप्ता “लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका” विषयमा आदर्श नारी विकास केन्द्र र आर्दश गृह नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय बक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको भन्दै गाउँपालिकाले सोडारीलाई सम्मान गरिएको हो ।
उनी झापाको कमल गाउँपालिका वडा नम्वर ४ स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा छात्रा हुन् । उनीले “लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका” विषयक बत्तृmत्वकला प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी थिएन् ।
राष्ट्रिय बक्तृत्वकला प्रतियोगीतामा दोस्रो भएर गाउँपालिको नाम उच्च राखेको भन्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्ले उपाध्यक्ष वेनु सिवाकोटी महिला तथा वालबालिका शाखा प्रमुख रेनुका गौतम लगायतको टोली उनी अध्ययनरत विद्ययालयमा पुगेर सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा नेपाल सरकारको उत्कृष्ठ सूचिमा रहेका ७ वटै प्रदेशका करिब ४० वटा विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागीताकोलागी निमन्त्रणा गर पनि प्राविधिक समस्याका कारण २२ जना विद्यार्थी मात्र सहभागी रहेको थिए । बक्तृत्वकला प्रतियोगिता अनलाइन (जुम)को माध्यमबाट गराइएको आयोजनाले जनाएको छ ।
सहभागी विद्यार्थीहरु मध्ये तनहँु स्थित सत्यज्योती माध्यमिक यिध्यालय कक्षा ९ मा अध्यायनरत छात्र गौरव सापकोटा प्रथम, चितवन स्थित नारायणी नमुना माध्यमिक यिध्यालय कक्षा ९ मा अध्ययनरत छात्रा शुभेक्षा लामा दोस्रो र कमल गाउँपालिका वडा नम्वर ५ स्थित मंगलमय माध्यमिक विध्यालय कक्षा ९ मा अध्यायनरत छात्रा रन्जना बस्नेत सान्त्वनाले सान्तवना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः १० हजार, ७ हजार , ५ हजार र ३ हजार नगदबाट पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।
Comments