Sajhamanch Archive

गुगलमा कनिकालाई सर्वाधिक खोजियो, दशौं नम्बरमा कंगना

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक खोजिएका व्यक्तिहरुको सूचीमा जो वाइडेनको नाम पहिलो स्थानमा छ ।

यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छिन् । कोरोनाबाट संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो । यस्तै, कोरोना संक्रमित भएपछि पनि लुकाएको, लण्डन पुगेर पार्टी गरेको लगायतका खबरहरु फैलिएपछि भारतीयहरुले उनलाई सर्वाधिक खोजेका थिए । सर्वाधिक खोजिने बलिउडकर्मीमा नायक अमिताभ बच्चन कनिका भन्दा पछाडि छन् । नायिका रिया चक्रवर्ती, कलाकार अंकिता लोखन्डे र नायिका कंगना रनावत टप १० सूचीमा अटाएका छन् ।

यो बर्षभर नै विवादमा रहेपनि नायिका कंगना रनावतको नाम भने दशौं नम्बरमा छ । कोरोना संक्रमित भएपछि अमिताभलाई सर्वाधिक खोजिएको थियो भने सुशान्त सिंह राजपुतको निधनपछि रिया चक्रवर्ती पनि दर्शकको खोजीको सूचीमा परेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *