Sajhamanch Archive

जापानको टोकियोमा पहिलो पटक एकैदिन ६ सय बढी सङ्क्रमित

Published: in विश्व समाचार by .

जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोना भाइरसबाट ६ सयभन्दा बढी सङ्क्रमित भएका छन्। दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन्।

टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन्। जापानमा कोरोना भाइरसको सङ्क्रमण सुरू भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ।

अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचक्रयाई नगरौँ, टोकियोका गभर्नर यूरीको कोइकेले भने। उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सबैलाई आग्रह गरेका छन्।एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *