Sajhamanch Archive

प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन ।

मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको मेचीनगर र विर्तामोडमा ५–५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २–२, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १ जना रहेका छन् ।

त्यस्तै,संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *