Sajhamanch Archive

कमल गाउँपालिकामा पिकअप दुर्घटना हुँदा एक ज्यान गयो

Published: (Updated: ) in विविधा by .

दमक । झापाको कमल गाउँपालिका स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।अरु दुई जनाघाइते भएका छन् ।

पिकअप भेन पल्टिादा दमक ९ का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

चौधरीको दमकको लाइफलाइन अस्पताल ल्याउना साथ ज्यान गएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए। मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे१च ६४९७ नम्बरको पिकअप भेन बिहान चक्का फुस्केर दुर्घटना भएको थियो । दुर्घटनामा परेर दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते हुनु भएको प्रनाउ पण्डितले जानकारी दिए ।

घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर लगिएको र अर्का घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न भेन चालक दमक–६का २० वर्षीय रोहन यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *