Sajhamanch Archive

युनियन लाइफ इन्स्योरेन्स भद्रपुरद्वारा एमडिआरटी सम्मान तथा बिमालेख वितरण

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by .

झापा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको एमडिआरटी सम्मान तथा बिमालेख वितरण कार्यक्रम सम्पन्न भएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर नगरपालिकाको सभा हलमा शुक्रवार आयोजनामा गरेको कार्यक्रममा कम्पनीमा कार्यरत भद्रपुर नगरपालिका वडा नं.६ निवासी पङ्कजकुमार घोषलाई एमडिआरटी सम्मान गरिएको हो ।

कोभिड- १९ को यस विषम परिस्थतीमा पनि मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको अवसरमा कम्पनीले घोषलाई एमडिआरटी सम्मान गरेको हो ।

सामाजिक सुरक्षा अन्तर्गत नगरका बिपन्न वर्गका व्यक्तिहरुलाई बिमालेख हस्तान्तरण कार्यक्रमा यस अघि पनि दिएको युनियन लाइफ इन्स्योरेन्स भद्रपुर शाखा प्रमुख नीरज निरौला जानकारी दिए ।

साथै सोही अवसरमा घोषले भद्रपुरका पाँच जनालाई बिमालेख हस्तान्तरण गरेका छन् । भद्रपुरका अप्सरा मुखिया, अन्नया मग्रान्ती, चन्दन दर्जी, ज्योति बर्मन र निशा विकलाई बिमालेख हस्तान्तरण गरेका हुन् ।

प्रति व्यक्ति ५० हजार बराबरको बिमा रकम बापत घोषले पहिला किस्ताको रकम तिरेर बनाइदिएको जनाइएको छ ।

कम्पनीका प्रदेश उपप्रमुख ताराबहादुर दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, भद्रपुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष विनोद पोखरेल, समृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले, एमडिआरटी भिमार्जन ओली लगायतले आ -आफना धारणा राखेका थिए ।

उक्त अवसरमा नगर प्रमुख श्रेष्ठले भद्रपुर नगरलाई बिमाग्राम बनाउन नगरले पहलकदमि गर्ने प्रतिबद्धता गरे ।

सो कार्यक्रमको सञ्चालन भद्रपुर शाखा प्रमुख नीरज निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *