Sajhamanch Archive

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । तेह्रथुमको छथर गाउँपालिका वडा नं.६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् ।

गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताए ।

शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए ।

                                                                                                      अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *