Sajhamanch Archive

देवीबस्तीमा ज्येष्ठ नागरिक भवनको शिलान्यास

Published: in विविधा, समाज by .

बिर्तामोड । बिर्तामोड–५ स्थित पाथीभरा टोल सुधार संस्था देवीबस्तीमा ज्येष्ठ नागरिक भवनको गत २६ गते शिलान्यास गरिएको छ ।  समाजसेवी गिरिराजकुमारी प्रसाईंले निःशुल्क प्रदान गरेको १३ धुर जग्गामा ज्येष्ठ नागरिक भवन निर्माण गरिने भएको हो ।
गाउँघरमा रहेका ज्येष्ठ नागरिकलाई भेला गर्दै उनीहरुलाई भजन कीर्तनमा सहभागी गराइ मनोरञ्जन प्रदान गरेर संधै खुशी राख्ने उद्धेश्यले ज्येष्ठ नागरिक भवन निर्माण शुरु गरेको पाथीभरा टोल सुधार संस्था देवीबस्तीका सचिव बालकृष्ण रिमालले बताए ।
ज्येष्ठ नागरिक ज्यूँदा भगवान हुन् उनीहरुको सम्मान गर्दै ज्येष्ठ नागरिकको ज्ञान ज्येष्ठ नागरिक भवनबाट युवापुस्तामा आदन प्रदान गर्ने व्यवस्था मिलाउने बताउँदै उनले ज्येष्ठ नागरिक भवनभित्र प्रवेश गरेपछि वृद्धवृद्धाले छुट्टै आनन्द महसुस गर्ने बताए ।

ज्येष्ठ नागरिक भवन तीनतले बनाइने बताउँदै उनले भवनको पहिलो तलामा शौचालय , पार्किङ , दोस्रो तलामा ज्येष्ठ नागरिक सभाहल र तेस्रो तलामा कार्यालय लगायत रहने जानकारी दिए ।  संस्थाका पूर्वअध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश नंं. १ की सामाजिक बिकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी महिला समिति सदस्य यमुना चिमरियाले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नंं. १ की सामाजिक बिकास राज्यमन्त्री जसमाया गजमेरले ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने बताइन् भने विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बिर्तामोड नगरपालिका , सहारा नेपाललगायतको सहयोगमा ज्येष्ठ नागरिक भवन निर्माण गरिने बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतारा प्रसाईं, बिर्तामोड –५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडासदस्य लक्ष्मी वाँस्कोटा , समाजसेवी डिल्ली प्रसाईं ,जग्गादाता प्रसाईंका छोरा–वुहारीहरु विवेककेशरी प्रसाईं , संगीतावावा प्रसाईं लगायतको आतिथ्य रहेको थियो ।  कार्यक्रमको सञ्चालन पाथीभरा टोल सुधार संस्था देवीबस्तीका सचिव बालकृष्ण रिमालले गरेका थिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *