Sajhamanch Archive

सरकारविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ ।

सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो।

देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।  कोरोना संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *