Sajhamanch Archive

मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना

Published: in समाज by .

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना भएको छ । मिक्लाजुङ १ रमितेखोलामा बेस क्याम्प स्थापना भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

विप्लव समूहले मिक्लाजुङमा एकजना शिक्षकको हत्या गरेपछि स्थानीयले सुरक्षा माग्दै बेस क्याम्प राख्न‌ आग्रह गरेका थिए । आइतबार ३६ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरीको संयुक्त टोली मिक्लाजुङ पुगिसकेको छ ।

विप्लव समूहले मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई गत मंगलबार अपहरण गरी घाँटी रेटेर हत्या गरेका थिए । मोरङको दुर्गम पहाडी क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुँदा विप्लव समूहले गतिविधि बढाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *