देउवा ,पोडेल तथा कोइराला परिवारमात्रै नीति बनाउने काममा सक्रिय :सांसद् कार्की
Published: (Updated: )
by .मेचीनगर । संघीय सांसद् सुरेन्द्रकुमार कार्कीले नेपालमा नीति निर्माण गर्ने कार्य प्रजातान्त्रिक नभएकै कारण बेला बखत समस्या आउने गरेको टिप्पणी गरेका छन् ।
पूर्वीनाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्घ आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटनसहित अन्य व्यवसायीहरुले आइतबारदेखि शुरु गरेको चौथो चरणको हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर सोमबार बुझाउन सांसद् निवास पुगेका नगरका विभिन्न व्यवसायीहरुसँगको भेटामा सांसद् कार्कीले उक्त टिप्पणी गरे ।
नेपालमा नीति बनाउँदा कसैसँग सल्लाह नगर्ने र नीति निर्माण गर्ने कार्य अप्रजातान्त्रिक नभएकै कारण बेला बखत समस्या सिर्जना हुने गरेको उनले प्रष्ट पारे।
आफ्नै सत्तारुढ दल नेकपाप्रति इंकित गदैं सांसद् कार्कीले अहिले सत्तामा रहेको दलले समेत नीति बनाउदा कुनै पनि विज्ञहरुसँग सल्लाह नगर्ने जो जो अहिले पौठेजोरी खेलीरहेका छन् उनीहरुले मात्रै बनाउने र काँग्रेसभित्र पनि यहि हालत रहेको भन्दैं उनले शेरवहादुर देउवा रामचन्द्र पोडेल तथा कोइराला परिवारमात्रै नीति बनाउने काममा सक्रिय रहेको आरोप लगाए ।
सवैलाई आफूभित्रको दम्भ र घमण्ड त्याग्न आग्रह गदैं उनले आफूभित्र रहेको आफू बाहके अरु कोहि पनि नजान्ने र नबुझ्ने सोच तत्काल हटाउन समेत उनले सुझाँव दिए । कोभिड १९ का कारण अहिले विश्वमै थला परेको प्रसंग उल्लेख गदैं सांसद् कार्कीले नेपालको अर्थतन्त्र समेत डामाडोल रहेको धारणा राखे ।
कोभिड १९ को नियन्त्रण र रोकथामका नाममा अनेक खालका गुनासा धेरै सुनेको भन्दैं उनले गुनासा र उत्पन्न समस्या समाधानका लागि आफ्नोतर्फबाट निक्कै पहल गरेको स्पष्ट पारे । नेपालमा सवैजना आफ्नो जिम्मेवारीबाट पन्छिने तथा एकले अर्काको काँधमा हालेर जिम्मेवारीबाट मुक्त हुने परिपाटीको विकासले पनि समस्या आएको उनको आरोप थियो । नेपालमा धेरै कुराको परिवर्तन भएपनि कर्मचारीतन्त्रको परिवर्तन नभएको भन्दैं सांसद् कार्कीलेढिलासुस्ती,सेवाग्राहीलाई अल्मल्याउने, अनावश्यक दुःखदिने परिपाटी कायम रहेकाले यसलाई तत्काल अन्त्य गर्न आफूले सम्बन्धित निकायसँग पटक पटक छलफल गरेको प्रष्ट पारे ।
उनले हरेक व्यवसायी पर्यटकमैत्री बन्नुपर्ने बताउदैं आफ्ना होटलमा आएका अतिथिहरुलाई २÷४ दिन काँकरभिट्टामा बस्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए। आफ्नाक्षेत्रका पर्यटकीय र धार्मिक स्थलका बारेमा उनीहरुलाई अधिक जानकारी दिनुपर्ने र त्यहाँसम्म सहजरुपमा पुग्ने व्यवस्था मेचीनगरका हरेक व्यवसायीहरुले मिलाउनुपर्ने उनको भनाइ छ ।
Comments