Sajhamanch Archive

कमल जेसीजद्वारा नागरिक सम्मान

Published: (Updated: ) in विविधा by .

कमल । कमल नगर जेसीजले एक कार्यक्रमका बिच नागरिक सम्मान गर्दै जेसीज सप्ताहको समापन गरेको छ ।

सप्ताह समापन कार्यक्रममा नेपाल सरकारको स्वस्थ्य क्षेत्रमा लामो समय सेवागरी अवकास प्राप्त हाल लखनपुर रेडक्रस उपशाखाका अध्यक्ष चन्द्र शाहलाई नागरिक सम्मान गर्दै जेसीज सप्ताहको समापन गरिएको हो ।

जेसीजको महान चाडका रुपमा लिने गरेको सप्ताहमा कमल नगर जेसीजले विभिन्न कार्यक्रम गरेको थियो । समापन कार्यक्रममा बोल्दै कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले समाज परिवर्तनका निम्ति जेसीजले गरेका कामको प्रसंशा गर्दै समाज परिवर्तन गर्न ठुलो रकमको आवश्यक नपर्ने बताए ।
ठुला महल र सडक बनाउँदैमा विकास हँुदैन । उनले भने, विकाससँगै मानिसमा सभ्याताको पनि विकास हुनुपर्छ जबसम्म सभ्याता आउँदैन तवसम्म विकास भएर मात्र केही नहुने उनको भनाई थियो ।
कार्यक्रममा मात्री शाखा दमक जेसीजका अध्यक्ष कमल कटुवालले जेसीजमा लागेपछि ताली, गाली र जेव खाली भएर पनि समाज परिबर्तनमा जेसीजको ठुलो भूमिका रहेको बताए ।

मुलुक परिवर्तमा लागेका हरेक व्याक्तिले एक पटक जेसीजमा लागेर तालिम लिनुपर्ने कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए ।

कमल नगर जेसीजका अध्यक्ष हेम दाहालको अध्यक्षतामा भएका कार्यक्रममा पूर्व अध्यक्ष केदार कटुवाल संस्थापक अध्यक्ष रुपनारायण न्यौपाने लगायतले जेसीजका बारेमा बोलेका थिए ।
कमल नगर जेसीजका महासचिव छत्रपति खनालले सन्चालन गरेको कार्यक्रमका संयोजक महेश भण्डारीले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *