Sajhamanch Archive

आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ-संगठनको चेतावनी, ७ दिने अल्टिमेटम

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा डाक्टरले अझै पनि आफूले पाउने तलब भत्तालगायतका सुविधा पाएका छैनन् ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ–सङ्गठनको संयुक्त सङ्घर्ष समितिले अबको सात दिनभित्र स्वास्थ्यकर्मी र डाक्टरलाई तलब भत्ता नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसअघि पनि आफ्ना मागबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण गराएको तर बेवास्ता भएको र फेरि पनि बेवास्ता गरे कडा आन्दोलन गर्ने जनाएको हो ।

नेपाल चिकित्सक सङ्घलगायत २३ वटा स्वास्थ्य सम्बद्ध ट्रेड युनियन तथा पेसागत सङ्घका संयुक्त सङ्घर्ष समितिले तलब सुविधालगायत आफ्नो १८ बुँदे माग सम्बोधन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको हो ।

समितिले सरकारकै बेवास्ताका कारण कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा १० जनाभन्दा धेरै स्वास्थ्यकर्मी र डाक्टरको ज्यान गएको पनि जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *