Sajhamanch Archive

नेपाल सिधै टि२० विश्वकपको ग्लोबल छनोटमा

Published: (Updated: ) in खेलकुद by .

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टि२० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।

आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो ।

फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ । ग्लोबल छनोटबाट कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । दुई समूहमा हुने ग्लोबल छनोटबाट २-२ टोली विश्वकपमा खेल्नेछन् ।

ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

क्षेत्रीय छनोटमा अमेरिका र युरोपबाट २-२ टोली तथा अफ्रीका र पूर्वी एसियाबाट १-१ टोली छनोट हुनेछन् । एसिया छनोटको दुवै समूहबाट १-१ टोलीले ग्लोबल छनोटमा खेल्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *