Sajhamanch Archive

संवैधानिक परिषद्को बैठक बस्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ। बैठक मङ्गलबार बिहान ९ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीका विषयमा छलफल हुनेछ। लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न नसक्दा संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन हुन सकेका छैनन् । हाल १३ वटा संवैधानिक आयोग छन्। तर तिनमा अहिले प्रमुखसहित ४५ पद रिक्त रहेको छ।

यसअघि गत आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा नजाँदा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *