Sajhamanch Archive

बीबीएल खेल्न सन्दीप अस्ट्रेलिया प्रस्थान

Published: in खेलकुद by .

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिका खेल भने खेल्नेछन् । बिहीबारबाट सुरु भएको बिग बास लिगमा सन्दीपको टोली होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससँग जित निकालेको थियो ।

बिहान ११ बजे काठमाडौंबाट प्रस्थान गरेका सन्दीप बुधबार एडिलेट पुग्नेछन् । त्यहाँबाट अस्ट्रेलिया पुगेपछि सन्दीपले १४ दिन क्‍वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि कोरोना परीक्षणपछि उनी टिमसँग जोडिनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *