कनकाई विर्ता नविकरणीय उर्जाको सार्वजनिक बहस
Published: (Updated: )
by .कनकाई । कनकाई विर्ता, अर्जुन नविकरणीय उर्जाको वातावरणीय तथा अन्य प्रभाव र उपादेयताका वारेमा उद्योग संचालन गरिने स्थान कनकाई नगरपालिका २ क्षेत्रका जनताहरुका लागि सार्वजनिक सुनुवाई गरिएको छ ।
उद्योग संचालन यसको फाइदा र यसका वारेमा थप जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल , कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन पव्लिक लिमिटेडका अध्यक्ष मिनाल तिम्सिना, प्रबन्ध निर्देशक दिपक चापागाँई लगायतले यस सम्बन्धमा उठेका जिज्ञासाहरुको समाधान गरेका थिए ।
सोही अवसरमा उद्योग नजिकैका जनताका लागि न्युनतम ५ हजार दरको समेत शेयर खुलाइएको जानकारी दिइएको थियो । संस्थामा पहिले संस्थापक शेयर सदस्य बन्न एक सय दरका न्युनतम १० हजार मुल्य बरावरको शेयर खरिद गर्ने पर्ने प्रावाधन छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले यस उद्योगले नगरको आर्थिक समृद्धि मात्रै नगरेर यसबाट उत्पादिक आर्गनिक मलका कारण अवको ४ बर्षभित्र कनकाई नगरपालिका रासायनिक मल र विषादि मुक्त नगरी बन्ने दावी गरे ।
कार्यक्रममा उद्योगका अध्यक्ष मिनाल तिम्सिनाले ५२ कठ्ठा जमिनमा यस उद्योग रहने र यस क्षेत्रका स्थानीय सबैलाई कम्तिमा उद्योगको मालिक बनाउने उद्धेश्य रहेको बताए । कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागार्इंले १५ करोडको लागतमा निर्माण हुने यस उद्योगमा ७० प्रतिशत रकम अनुदान स्वरुप प्राप्त हुने जानकारी गराए ।
सहभागीहरुले उद्योगको सरसफाई र गन्धका वारेमा प्रश्न उठाएका थिए । उद्योगका तर्फबाट उद्योग जर्मन प्राविधिकहरु र मेशिनरी ल्याएर संचालन गरिने हुँदा दुर्गन्ध नहुने यसले रोजगारीको समेत अवसर मिल्ने कम्पनीका अध्यक्ष तिम्सिनाले बताए । कार्यक्रम उद्योग संचालन हुने स्थानमा सम्पन्न भएको थियो । सहभागीहरुका तर्फबाट, भक्तबहादुर पौडेल, कुमार पौडेल, निर्मल घिमिरे, ओम कडेल , पिताम्बर पाठक लगायातले प्रश्न राखेका थिए ।
Comments