Sajhamanch Archive

थप ९३६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनाको पीसीआर परीक्षणमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण जितेर १९९६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *