Sajhamanch Archive

आज पुस १, प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर राजा महेन्द्रले पञ्चायत शुरु गरेको दिन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आज पुस १ गते ! प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन।

आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरेका थिए।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो। यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो।

पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएपनि यस वर्ष भने कोभिड १९ को जोखिमका कारण औपचारिक कार्यक्रमको आयोजना नगरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *