Sajhamanch Archive

संसद्को अधिवेशन माग गर्दै नेकपाका सांसदहरु शीतलनिवास पुगे

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।

तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् ।

आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *