Sajhamanch Archive

नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ ।

त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि उनले बताए ।

बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *