रेलमार्ग परियोजनाको काम अघि बढाउन सामाजिक विकास मन्त्री घिमिरेद्वारा पहल
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल शुरु गरेका छन् ।
मुआब्जा विवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिकदलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको बैठक राखेर परियोजना निर्माणलाई अघि बढाउनु पर्ने बताएका छन् ।े छ । जनप्रतिनिधि विहिनताको अवस्थामा स्थानीयको आवाज नसुनिएका कारण रेलमार्ग भित्र रहेको करिव २५ विगाहा क्षेत्रफलको मुआब्जा रोकिएको उनले बताए । रेलमार्ग निर्माण हुनेभएपछि सो क्षेत्रमा ९ बर्षअघि जग्गाको मूल्यांकनगरि मुआब्जावितरण शुरु गरिएको थियो । मुआब्जावितरण बैज्ञानिक नभएपछि करिव २२ घर परिवारलेले मुआब्जा लिन मानेका छैनन । मन्त्री घिमिरेले पुर्नमुल्यांकनका लागि हुने सम्म पहल गर्ने जानकारी दिए । उनले स्थानीयको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने बताए । मन्त्री घिमिरेले भने,‘ परियोजनाजति छिटो बन्छ, त्यति छिटो स्थानीयले लाभलिन सक्नेछन् भन्दै राजनीतिक रुपमापनि समस्या समाधानका लागिपहल गर्ने उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले जग्गाको पुर्नमूल्याकंनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताए । गृहमन्त्रालयबाट निर्णय भएर आए गर्न सकिने उनले जानकारी दिए । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकठ्ठा ८ लाखभन्द ाकम पाउनेहरुले मुआब्ज ानलिएको बताए । पीडितका समस्या समाधान नगरि डोजर चलाएर विकास निर्माणको कार्य अघि बढाउन नसकिने उनको भनाई छ । प्रमुख कामतले पुर्नमुल्यांकन गरेर मुआब्जा वितरणका लागि पहल गरि दिनमन्त्री घिमिरे समक्ष आग्रह गरे ।
स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्यांकन फरक–फरक भएपछि मुआब्जा नलिएको बताए । जग्गाको मुल्यांकनपछि ९ बर्षमापहिलो पटक पीडितका कुरा संवन्धितनिकायले सुनेको चौधरीले बताए । उनले पीडितसँग कहिलै सरोकारवालाले छलफल नगरेको गुनासो पोखे ।
रेलविभागका साइट इन्जिनियर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानुनी प्रक्रिया पुरा भईसकेको बताए । कानुनीप्रक्रिया अघि बढेकाले चाँडै काम शुरु गर्ने उहाँको भनाई छ ।
दुई वर्षभित्र सम्पन्नगर्ने गरी सन् २०११ मा सुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये पाँच किमिमा भारतमा पर्छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३.६ किमिभूभाग पर्छ । विराटनगर–रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भए पनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको ३ किमि क्षेत्रमाकाम अबरुद्ध छ ।
Comments