Sajhamanch Archive

मानव विकास सूचकांकमा नेपालको सुधार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं ।  नेपालले मानव विकास सूचकांकमा उल्लेखनीय सुधार गरेको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनडीपी) ले बुधबार सार्वजनिक गरेको विश्‍वव्यापी मानव विकास प्रतिवेदन-२०२० मा नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ। युएनडिपीका अनुसार मध्यम मानव विकास भएको सूचक हो ।

यो सूचकसहितको प्रतिवेदन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालगायतले बुधबार सार्वजनिक गरेका छन् ।

सन् २०१८ मा नेपालको सूचक ०.५९५ थियो। सूचकमा यो वृद्धिले नेपालले स्थान पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लिएको छ। अघिल्लो वर्ष नेपाल १४७ स्थानमा थियो। यो सूचकमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल छैठौं स्थानमा रहेको युएनडिपीको तथ्यांकले देखाएको छ।

यो सूचक अनुसार दक्षिण एसियाली देशमा श्रीलंका ०.७८२ र माल्दिभ्स ०.७४० एचडीआई सूचकसिहत उच्च मानव विकास समूहका दक्षिण एसियाली मुलुकका माथिल्लो स्थानमा छन्। दक्षिण एसियका यी देश विश्‍वका १८९ मध्ये ७२ र ९५ औं स्थानमा रहेका छन्।

यो सूचकमा भुटान ०.६५४ सूचकसहित १२९ औं स्थानमा छ। अर्कातिर छिमेकी भारत ०.६५४ सूचकसहित १३१ औं स्थानमा रँदा पाकिस्तान ०.५५४ सूचकसहित १५४ औं स्थानमा छ। यसलाई मध्यम मानव विकास भएको मान्‍न सकिन्छ। त्यसैगरी अफगानिस्तान ०.५११ सूचकांकसहित १६९ औं स्थानमा रहँदा न्यून मानव विकासको स्थानमा परेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *