Sajhamanch Archive

एक हप्ताभित्र उखु किसानकाे भुक्तानी दिन संसदीय समितिकाे निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले किसानले पाउन बाँकी भएको भुक्तानी एक हप्ताभित्र दिन र सबै एक पटक व्यवस्था गर्ने सम्भावना नभए पनि दिएको भुक्तानीबारेको कार्य प्रगति विवरण ९ गतेको बैठकमा बुझाउन निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा उद्योग र गृह मन्त्रालयलाई एक हप्ताभित्र किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।

लामो समयदेखि उखुको भुक्तानी नपाएपछि किसानले गएको आइतबारदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । उनीहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन् । रकम नपाएसम्म घर नफर्किने किसानको अडान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *