Sajhamanch Archive

झापामा थप १७ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ८ महिला र ९ पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमकमा १३, गौरादह र कमल गाउँपालिकामा २/२ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा कोरोना संक्रमण हुनेको संख्या ४ हजार ३९१ रहँदा ३७७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *