Sajhamanch Archive

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको भेला

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्र गुटका भेला र बैठकहरुले तीव्रता पाएका छन् । शुक्रबार मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा प्रदेश १ को भेलाको आयोजना गरेको छ ।

जसका लागि जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाइएको छ। भेला पार्टी कार्यालय पेरिसडाँडामा १ बजेका लागि बोलाइएको छ ।

भेलालाई कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रचण्ड-नेपाल पक्षले विद्यार्थीको भेलासमेत विभिन्न प्रदेशमा गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *