Sajhamanch Archive

टीकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

Published: in राजनीति, राष्ट्रिय समाचार by .

कैलाली । उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

बिहीबार राति उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र अरु सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि थारुलाई जिल्ला अदालत कैलालीले धरौटीमा छोडेको थियो ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सातजना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै निर्णय सदर गरेको हो ।

उच्च अदालत दिपायल राजपुरका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टिकापुर घटनामा दोषी देखिएका चौधरी र थारुलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै फैसला सुनाएको हो ।

मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको फैसला सुनाएपछि यस आदेश विरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर गएका थिए । चौधरी थुनामै रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *