Sajhamanch Archive

सुनको भाउ तोलामा ८ सयले बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *