Sajhamanch Archive

झापामा थप १२ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ८ महिला र ४ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा २ जना महिला, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा १-१ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी झापामा आज कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । जसमा बिर्तामोड नगरपालिका वडा नं.४ का ८१ वर्षीय पुरुष र गौरादह नगरपालिका वडा नं.५ का ५५ वर्षीया महिला रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *