Sajhamanch Archive

पारस टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त

Published: in खेलकुद by .

नेपाली अलराउण्डर पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएका छन् । टी१० लिग क्लब टीम अबुधाबीले अलराउण्डर पारसलाई नयाँ सिजनको लागि मेन्टर नियुक्त गरेको हो ।

अब हुने टी१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ ।

गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *