Sajhamanch Archive

झापामा थप २१ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र ८ जना पुरूष रहेका छन् ।

संक्रमित हुनेहरुमा बिर्तामोडमा ७ महिलासहित ८ जना, दमकमा २ जना महिला र २ जना पुरुष, शिवसताक्षीका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकाका १-१ जना पुरुष, मेचीनगर, कनकाई र कचनकवलमा १-१ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट झापामा आज एक जनाको निधन भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.९ का ७४ वर्षीय पुरुष रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *