Sajhamanch Archive

प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २-२, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका चारजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बूढीगंगामा २, सुनवर्षी, कटहरी र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्षी, मेचीनगर र बुद्धशान्तिमा १-१, सुनसरीको इटहरी र संखुवासभाको खाँदबारीमा २-२, ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ३३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

होमआइसोलेसनबाट ५४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एकजना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *