Sajhamanch Archive

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

राष्ट्रपतिले आज संसद विघटन गरेसँगै देशभर यसको विरोध भएको र पार्टीले चाल्ने आगामी कदमबारे छलफल गर्न कांग्रेसले बैठक डाकेको हो । केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

आगामी ७ गते दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बैठक डाकिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *