Sajhamanch Archive

प्रमुख तीन दलको निष्कर्ष : संसद विघटन संविधानमाथिको आक्रमण

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख तीन दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो ।

तीन दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *