Sajhamanch Archive

प्रचण्ड–ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । औपचारिक रुपमा विभाजनको मुखमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् ।

दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ । ओली पक्षको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइए पनि झण्डै एक घण्टा ढिलो गरी सुरु भएको छ । प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसो एक बजे बोलाइएको छ ।

संसद विघटन गर्ने निर्णयलगत्तै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *