Sajhamanch Archive

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले यसअघि नै ओलीको कदम गलत भएको प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् । कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरुले यस्तो अवस्थामा कांग्रेसले सशक्त प्रतिरोध गर्नुपर्ने आवाज पनि उठाउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *