Sajhamanch Archive

झापामा थप तीन जनामा कोरोना, एकको मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप तीनजना कोरोना संक्रमित थपिएका छन् । जसमा १ महिला र २ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिका वडा नं. ४ का एकजना पुरुष र मेचीनगर नगरपालिका वडा नं.२ र १० का १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जसमा मेचीनगर नगरपालिका वडा नं.१० की ५७ वर्षीया महिला रहेकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *